नियम १३
आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्था
(१) नेपालको इलाकाभित्र भएको दुर्घटना
जा“च कार्यमा दर्ताको राज्य, सञ्चालकको राज्य, डिजाइनको राज्य वा निर्माताको
राज्यले आफ्नो प्रतिनिधित्व गराउन चाहेमा आधिकारिक प्रतिनिधि नियुक्ति गरी
पठाउन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विदेशी
राज्यले चाहेमा दुर्घटनाको जा“च कार्यमा सहयोग गर्न वा सो सम्बन्धमा आवश्यक
सूचना, सुविधा वा विशेषज्ञ उपलब्ध गराउन आफ्नो आधिकारिक प्रतिनिधि नियुक्ति
गरी पठाउन सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिमका आधिकारिक प्रतिनिधिलाई आयोगको
अनुमतिमा देहायको अधिकार हुनेछ ः–
(क) दुर्घटना क्षेत्रको निरीक्षण गर्ने,
(ख) दुर्घटनाग्रस्त वायुयानको भग्नावशेषको परीक्षण गर्ने,
(ग) साक्षीबाट सूचना प्राप्त गर्ने र साक्षीलाई सोधिने प्रश्न बारे सुझाव दिने,
(घ) उपलब्ध प्रासङ्गिक प्रमाण उपर पहु“च प्राप्त गर्ने,
(ङ) आवश्यक कागजातको प्रतिलिपि प्राप्त गर्ने,
(च) रेकर्ड गरिएका सूचना पढ्ने,
(छ) पार्टपुर्जा परीक्षण, दुर्घटनाको प्राविधिक प्रस्तुतीकरण (ब्रिफिङ्ग) तथा
सिमुलेसन कार्य गर्ने जस्ता दुर्घटना क्षेत्रभन्दा बाहिर गरिने जा“च
कार्यमा सहभागी हुने,
(ज) दुर्घटनाको जा“च सम्बन्धी अन्य कार्यमा सहभागी हुने ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दुर्घटनामा कुनै
विदेशी राज्यको नागरिक गम्भीर घाइते वा मृत्यु भएमा र त्यस्तो राज्यले दुर्घटना
जाँच कार्यमा संलग्न हुन चाहेमा एक जना विशेषज्ञ नियुक्ति गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम नियुक्त विशेषज्ञलाई आयोगको अनुमतिमा
देहायको अधिकार हुनेछ :-–
(क) दुर्घटनास्थलको निरीक्षण गर्ने
(ख) दुर्घटनास“ग सम्बन्धित प्रासङ्गिक, तथ्यगत तथा अन्य जानकारी र
सूचना प्राप्त गर्ने ।
(६) आधिकारिक प्रतिनिधि वा विशेषज्ञले आफूलाई प्राप्त सबै प्रासङ्गिक
सूचना आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
(७) आधिकारिक प्रतिनिधि वा विशेषज्ञले आयोगको अनुमति बिना कुनै पनि
सूचना सार्वजनिक गर्न र छलफलमा ल्याउन पाउने छैन ।
(८) नेपालमा दर्ता भएको वायुयान विदेशी मुलुकमा दुर्घटना भएमा उक्त
दुर्घटना जाँचको सन्दर्भमा नेपाल सरकारले आफ्नो आधिकारिक प्रतिनिधि नियुक्ति
गरी पठाउन सक्नेछ ।
(९) उपनियम (८) बमोजिम नियुक्त आधिकारिक प्रतिनिधिको अधिकार तथा
दायित्व निजलाई नियुुक्ति गर्दाको बखत नेपाल सरकारले निर्धारण गरे बमोजिम
हुनेछ ।